जीप दुर्घटनामा युवकको मृत्यु

Symbolic photo
Symbolic photo

कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा मृत्यु हुने युवक ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१००१–च –००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-08 19:45:00

प्रतिकृया दिनुहोस्