मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने तीन जना पक्राउ 

Premium Times Nigeria
Premium Times Nigeria

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा दुई पुरुष र एक महिला छन्। सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरुलाई रंगेहात पक्राउ गरेको प्रहरीले बताएको छ। 

गस्ती गएको प्रहरीले प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट निर्वस्त्र अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हो। 

प्रकाशित मिति: : 2021-07-08 22:00:00

प्रतिकृया दिनुहोस्