प्रहरीका पाँच एआईजीको सरुवा, को कहाँ पुगे?

सरकारले नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा उनीहरुलाई सरुवा गरेको हो। 

गृह स्रोतका अनुसार महानगरीय प्रहरी प्रमुखमा राष्ट्रिय प्रहरी प्रशिक्षणमा रहेका प्रद्युम्न कार्कीलाई सिफारिश गरेको छ। 

त्यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा सरुवा गरिएको छ। 

यस्तै, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा गरिएको छ भने अपराध अनुसन्धान विभागमा रहेका एआइजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षणमा पठाइएको छ। 

त्यसैगरी हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सारिएको छ। 

प्रकाशित मिति: : 2021-07-09 20:59:00

प्रतिकृया दिनुहोस्