भीमफेदी स्थित पृथ्वीचन्द्र अस्पताल पुनःनिर्माण हुने भएको छ।
नेपालको पुरानो र ऐतिहासिक अस्पताल मध्येको सो अस्पताल पर्छ। यसको नयाँ भवन बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहमति दिइसकेको जनाइएको छ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र रहेको पुरानो भवनलाई आवश्यक संरक्षण गरी तथा अस्पतालका लागि नयाँ भवन बनाउने जानकारी दिए।
पन्ध्र श्ययाको अस्पताल बनाउन रु १८ करोड आवश्यक पर्ने जनाइएको छ। अस्पतालसँगै भीमफेदीको समग्र विकास जारी रहेको अध्यक्ष लामाले बताए। ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा प्रवद्र्धन पनि थालिएको उनले जानकारी दिए। रासस