कुपोषण : जित्न बाँकी अर्को ‘महामारी’

हिमाल खबर

काठमाडौँ

बिहान-बेलुका पेटभरि खान नपाउँदा प्रदेश २, कर्णाली र सुदूरपश्चिमका बालबालिका र गर्भवती आमा कुपोषणको मारमा परेका छन्। यही कारण उनीहरूको ज्यान समेत गइरहको छ।

फोटो खिच्न, धुलाउन र त्यसलाई एल्बममा सजाएर राख्नु राजुदेवी सदाको सोख थियो। उनले घरखर्चको रकम जोगाएर पनि एल्बम किनिन् र परिवारको फोटो धुलाउन बजार धाइन। यसो गर्दै जाँदा उनको घरमा तीनवटा एल्बम फोटोले भरिभराउ भएका थिए। तर, वर्षदिनअघि उनले ती सबै एल्बम र फोटोमा आगो लगाइन्।

तीन वर्षमा दुई छोरी गुमाएको वियोगले उनलाई पुराना फोटो हेर्नसक्ने आँट आएन। “जब एल्बम पल्टायो, छोरीहरूको फोटोले मन अमिलो बनाउँथ्यो,” उनी भन्छिन्। काखमा खेलाउँदै गरेकी कान्छी छोरी हेर्दा बितेका दुई छोरीको अनुहार देख्ने गरेको उनी बताउँछिन्।

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित अनैठा गाउँकी राजुदेवीको आयस्रोत ज्याला मजदूरी हो। दाताको सहयोगमा घर बनेको छ। उनकी जेठी छोरी कुपोषणले बितिन्। र, कान्छीको जन्मनासाथ ज्यान गयो।

प्रकाशित मिति: : 2021-07-10 06:42:00

प्रतिकृया दिनुहोस्