सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको आदेश सम्मानयोग्य रहेको प्रतिक्रिया जनाएका छन्।
सर्वोच्चले संवैधानिक इजलासले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रतिनिधिसभाको पुन :स्थापना गर्ने गरी गरेको आदेशको सम्मानजनक रहेको बताएका हुन्।
‘बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु’ उनले लेखेका छन्, ‘हिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु।’