‘सर्वोच्चको सन्देश- म संविधानको संरक्षण गर्न छडी लिएर बसेको छु’

अनलाइनखबर

काठमाडौँ

आजको फैसला पूरै पढें । आजको फैसलापछि हाम्रो सर्वोच्च अदालत सार्कका विकसित मानिएका अदालतहरुको समकक्षमा उभिएको छ । यहाँ जस्तै भारतमा इन्दिरा गान्धी जाज्वल्यमान थिइन्, उनले हार्छिन् भनेर कसैले पनि कल्पना गरेको थिएन । तर, उच्च अदालतले उनलाई हराइदियो ।

त्यसैगरी श्रीलंकामा पनि हाम्रो जस्तै घटना भएको थियो । सन् २०१८ मा त्यहाँ रनिल बिक्रमासिंघे प्रधानमन्त्री हुँदै हुनुहुन्थ्यो, उहाँकै दलको राष्ट्रपति हुनुहुन्थ्यो, महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो । त्यसपछि उहाँले विश्वासको मत प्राप्त गर्ने अवस्था रहेन र संसद विघटन गरियो । त्यहाँ लगभग हाम्रो जस्तो नै अवस्था भयो । त्यहाँ पनि सर्वोच्च अदालतले संसदीय प्रणालीलाई गतिमा लगिदियो ।

आजको हाम्रो सर्वोच्च अदालतको फैसला पनि त्यही रुप र प्रकृतिको छ । संविधानमा हरेक कुरा लेखिँदैन, लेख्न सम्भव पनि हुँदैन । त्यो अभ्यास र हाम्रो व्यवहारले परिमार्जित गर्ने हो । संविधानसँग जोडिएका दुईवटा कुरा हुन्छन, पहिलो संविधानवाद र अर्काे नैतिकता ।

प्रकाशित मिति: : 2021-07-12 21:09:00

प्रतिकृया दिनुहोस्