पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्धको अनुसन्धान अघि बढाउने अन्तरिम आदेश दिएको हो।

जातीय विभेद गरेको आरोपमा घरधनीसहित शिक्षामन्त्रीविरुद्ध रुपाले दर्ता गरिन् सर्वोच्चमा रिट

रुपा सुनारले दिएको रिटमा सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ



रुपाले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन अदालतले आदेश दिएको छ। उनले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर अदालतमा रिट दायर गरेकी थिइन्।

श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न–गराउन आदेश दिएकाे छ।



छुवाछुत आरोपमा थुनाबाट रिहा भएकी प्रधानलाई शिक्षामन्त्रीले आफ्नै गाडीमा राखेर लगे (भिडियाे)

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा



रूपालाई जातीय विभेद गरेर डेरा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाएर पूर्वमन्त्री श्रेष्ठले आफ्नै गाडीमा घरसम्म पुर्याएका थिए।

प्रकाशित मिति: : 2021-07-15 19:48:00

प्रतिकृया दिनुहोस्