महारानी मन्दिरका १२५ वर्षीय पूजारीको निधन

Symbolic photo
Symbolic photo

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ।

पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो।

भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए। स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन्।

पूजारी बाबा  वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो। उनको  अन्तिम संस्कारका लागि  स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन्।

प्रकाशित मिति: : 2021-07-22 13:08:00

प्रतिकृया दिनुहोस्