हामीले यस कारण दियौं वायुसेवा निगमलाई कम्पनीमा लैजाने सुझाव

निगमलाई कम्पनीमा लैजानु कर्मचारीको पनि हितमा छ

सेतोपाटी

काठमाडौं

नेपाल वायुसेवा निगमलाई कम्पनीमा परिणत गरेर नयाँ साझेदार ल्याउने विषय यो वर्षको बजेटमा पनि समेटिएको थियो। सोही व्यवस्था कार्यान्वयन गर्न अघि बढेको प्रक्रियाको विरोध गर्दै राष्ट्रिय ध्वजाबाहकमा अहिले कर्मचारीहरू आन्दोलित छन्।

निगमलाई निजीकरण गर्न लागियो भनेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। अर्कोतिर यसबारे सार्वजनिक बहस चलिरहेको छ र प्रतिक्रियाहरू पनि आइरहेका छन्। 

सञ्‍चालनमा आएको छ दशक लामो अनुभवका आधारमा मात्र होइन, पछिल्लो अवस्थाको प्रत्यक्ष अवलोकनले निगम संस्थानकै रूपमा चल्ने सम्भावना छैन भन्ने प्रष्ट देखाएको छ।

निगम ठूलो ऋण तथा न्यून आम्दानीका कारण आर्थिक रूपमा समस्याग्रस्त हुँदै गएको छ। अझ कोरोनाका कारण आम्दानीमा ठूलो गिरावट भयो। ‍यो अवधिमा मात्रै आठ/नौ अर्ब घाटा थपिएको छ। तै सञ्चालन खर्च धानिरहेको छ र कर्मचारीहरूले तलब खाएका छन्। अब अझै दुई वर्ष पर्यटन बढ्ने सम्भावना छैन र त्यो ऋणको दायित्व निगमको काँधमा अझै बढेर जाने निश्चित देखिन्छ। 

प्रकाशित मिति: : 2021-07-26 15:34:00

प्रतिकृया दिनुहोस्