पर्यटकलाई जंगल घुमाउने केटीहरू

बाघको आक्रमणमा बिते उनका बा, नेचर गाइड बनेर उनी पर्यटकलाई देखाउँछिन् बाघ

बाघको आक्रमणबाट जागेश्वर महतोको मृत्यु हुँदा छोरी अस्मिता २ वर्षकी थिइन्।

यो २० वर्ष अघिको घटना हो।

पर्यटकीय क्षेत्र सौराह नजिकैको बछौलीका जागेश्वर चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा काम गर्थे।

हात्तीको स्याहार गर्ने हात्तीसारे उनी एकपटक नवलपरासीको जंगलमा जानु पर्ने भयो। उनी कामकै सिलसिलामा जंगल पसेका थिए, बाघले आक्रमण गर्‍यो। उनको मृत्यु भयो।

बाबुको मृत्यु भएको केही समयमा आमाले अर्को बिहे गरिन्। अस्मिताको सहारा कोही भएन।

भरतपुरको गौंरीगञ्जमा द मुर्रे फाउन्डेशन नामको संस्थाले सञ्चालन गरेको अनाथलयमा हुर्किइन्। त्यहीँ उनको कक्षा ८ सम्म पढिन्।

घर नजिकैको बछौली माविबाट १२ कक्षा पास गरिन्।

‘१० कक्षासम्म सौराहाका होटलहरू सेभेन स्टार र पार्क साइटले सहयोग गरे ११ र १२ कक्षा विद्यालयले नि:शुल्क पढाइदियो,’ अस्मिताले सुनाइन्। अहिले उनी स्नातक तह चौंथो वर्षमा पढ्दैछिन्।

प्रकाशित मिति: : 2021-07-27 11:16:00

प्रतिकृया दिनुहोस्