थप ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भइ घर फर्किएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।

यस्तै कोरोना सङ्क्रमणबाट आज ३३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ९ हजार ७९१ पुगेको छ।

प्रकाशित मिति: : 2021-07-28 16:47:00

प्रतिकृया दिनुहोस्