शेरबहादुर देउवाः नेपाल सरकारको ‍३० वर्षे परराष्ट्र नीति कस्तो होला, प्राथमिकता तय गर्न दिइएको सुझाव लागु होला कि नहोला

बिबिसी

काठमाडौँ

आफूले अघिल्लो पटक सरकारको नेतृत्व गर्दा एउटा उच्चस्तरीय कार्यदलले तयार पारेको नेपालको परराष्ट्रनीतिसम्बन्धी प्रतिवेदनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अघि बढाउने उनीनिकट एक नेताले बताएका छन्।

द्रुत गतिमा परिवर्तनशील विश्वमा नेपालको वैदेशिक नीति परिमार्जनसम्बन्धी उक्त प्रतिवेदनमा नेपालले कम्तीमा तीन दशकको लागि आफ्ना प्राथमिकताहरू तय गर्नुपर्ने सुझाव दिइएको थियो।

सम्भावित क्षेत्रीय शक्ति सन्तुलनले नेपालमा पार्ने प्रभाव र भारत र चीनको उदयको नेपालका लागि अर्थसहितका विषयमा तत्काल ध्यान दिन परराष्ट्र मन्त्रालयलाई सुझाइएको थियो।

यसअघि केपी ओली नेतृत्वको सरकारले उक्त प्रतिवेदनलाई उपेक्षा गरेको र सन्तुलित ढङ्गले परराष्ट्र सम्बन्ध सञ्चालन गर्न नसकेको भन्दै कैयौँ विज्ञहरूले आलोचना गरेका थिए।

 

प्रकाशित मिति: : 2021-07-29 08:51:00

प्रतिकृया दिनुहोस्