‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

अनलाइनखबर

काठमाडौं

१४ साउन, काठमाडौं । डा. सुरेशराज चालिसे सन् २००७–२००८ मा संयुक्त राज्य अमेरिका र २००९ देखि २०१४ सम्म संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत रहे ।

त्यसअघि नेपाली कांग्रेसका स्वर्गीय सभापति तथा प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार रहेका उनी अहिले नेपालको परराष्ट्र नीति असन्तुलित भएको देख्छन् । नेपालले चीनको बुइ चढेर उसलाई दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को सदस्यता लिन उचालेको, त्यही कारण भारत नेपालसँग चिढिएको बताउँछन् उनी । अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमा रहेको उनको भनाइ छ ।

गृह जिल्ला सप्तरीमा डा. चालिसेसँग नेपालको वैदेशिक सम्बन्ध, एमसीसी परियोजना लगायत विषयमा श्रवण देवले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली राजनीति बेलाबेला विदेशी हस्तक्षेप/इशारामा चलेको आवाज पनि उठ्ने गरेको छ । पूर्व राजदूतको आँखाबाट हेर्दा चाहिं के देख्नुहुन्छ ?

नेपालको जन्म सन् १७६९ मा भएको हो, अहिले २०२१ । यो अवधीमा नेपालले आप्mनो विदेश नीति सफलतापूर्वक चलाउँदै आयो । नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध बनाउँदै, आफ्नो अस्मिता जोगाउँदै आएको छ ।

प्रजातन्त्र पुनर्स्थापनापछि भने नेपालमा एउटा पनि स्थिर सरकार भएन । राजनीतिक संक्रमण निरन्तर रह्यो । यस्तोमा बाह्य शक्तिले खेल्ने अवसर पाउँछ ।

प्रकाशित मिति: : 2021-07-29 11:00:00

प्रतिकृया दिनुहोस्