थपिए ३३६५ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु  

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ५५५ पीसीआर परीक्षणमा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय थप १ हजार ३७३ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या ६ लाख ५० हजार ४४५ पुगेको छ। त्यसैगरी  देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ३९० जना रहेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८०७  पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-29 16:44:00

प्रतिकृया दिनुहोस्