असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको आग्रह, बजेटको कमी हुन नदिने 

अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठलाई कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

अर्थ मन्त्रालमा बुधबार छलफल गर्ने क्रममा शर्माले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न पनि आग्रह गरे। ‘खोप खरीदको लागि पैंसाको कुनै कमी हुन दिइने छैन, जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउनुप-यो’, अर्थमन्त्री शर्माले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भने।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता पनि व्यक्त गरे। मन्त्री शर्माले उपलब्ध खोपसमेत लक्ष्यित समुदायलाई दिने ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए।

उनले संभव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने पनि बताए। प्राप्त भएका खोप लगाउन कार्ययोजना बनाइएको र अब योजनाबद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाएका थिए ।

प्रकाशित मिति: : 2021-07-29 17:18:00

प्रतिकृया दिनुहोस्