गृह मन्त्रालय मातहतमा रहेका विभिन्न विभागका प्रमुख, सहसचिव तथा सचिवहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग शुक्रबार हालसम्मको विभागीय कार्य प्रगति, योजना र कार्यान्वयनको प्रगति सम्बन्धमा समिक्षा पेश गरेका छन्।
प्रशासन सुरक्षा तथा समवन्यन, आन्तरिक व्यवस्थापन, कानुन, विपत् तथा द्वन्द्व, नीति योजना अनुगमन मूल्यांकन महाशाखा, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग, कारागार व्यवस्थापन विभाग र अध्यागमन विभागका प्रमुख तथा सचिव र सहसचिवहरुले समिक्षा पेश गरेका हुन्।
मन्त्री खाँणले समग्र विभाग प्रमुखहरुलाई प्रस्तुतिका लागि धन्यवाद दिँदै मातहतको विभागले सरकारको उपस्थिति जनाउनुपर्ने हुँदा सरकारको उपस्थिति अझ प्रभावकारी बनाउन र विभागहरुको अझै सक्रियता बढाउँदै प्रविधि र परिवर्तनलाई जिम्मेवारी पूर्ण बहन गर्न पहिलो प्राथमिकताका साथ अगाडि बढ्नेमा विश्वास बढेर गएको बताए।
‘यहाँहरुको सक्रियता,उत्सुकता,जिम्मेवारी र दायित्व पूरा गर्नेमा यहाँहरुको सधै साथमा रहने विश्वास दिलाउँछु' उनले भने।
कारागारका कैदीहरुलाई भेट्न कोरोना संक्रमणका कारणले रोकिएको बताउदैं अब भेट्न जाँदा पिसिआर जाँच गराई रिपोर्ट देखाएर कैदीसंग भेट्न दिने निर्देशन गरे।