प्रदेश १ नामकरण मुद्दा : आलोचना छल्ने अस्त्र बनाउँदै मुख्यमन्त्री राई

सेतोपाटी

विराटनगर

साउन १२ गते अपरान्ह प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सचिवालयले सञ्चारमाध्यमहरूमा एउटा तयारी समाचार प्रेषित गर्‍यो। जहाँ मुख्यमन्त्रीले दलका नेताहरूसँग प्रदेश नामकरणबारे छलफल थालेको उल्लेख थियो।

छलफलमा उठेका विषय, सहभागlता लगायतका प्रश्नबारे त्यो समाचारमा केही थिएन। खाली मुख्यमन्त्रीले ‘पहलकदमी’ लिएको विषयलाई महत्व दिइएको थियो।

सामान्य कार्यक्रम आयोजना गर्दा पनि धेरै सञ्चारमाध्यम बोलाउने मुख्यमन्त्रीले यसपटक किन सचिवालयमार्फत् समाचार प्रेषित गरे?

त्यो बैठक प्रदेशको नाम जुराउने नियतले होइन, नामका लागि मुख्यमन्त्री ‘प्रयासरत्’ रहेको सन्देश छर्नलाई आयोजना भएको कतिपयको अनुमान छ।

‘उहाँले बैठकमा प्रदेशको नामको विषयमा छलफल गर्न बोलाएको भन्नुभयो,’ छलफलमा सहभागी माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्वा भन्छन्, ‘तर, न उहाँले कुनै विकल्प अघि सार्नु भयो न हाम्रो धारणाबारे बुझ्न नै खोज्नुभयो।’

सहभागी अन्य नेताहरूका अनुसार त्यो छलफल सुरू नै नभई सकिएजस्तो भयो। बैठकको सुरूमै मुख्यमन्त्रीले अब नामकरणको प्रक्रिया थाल्नुपर्छ भने। जुन उनले पछिल्लो तीन वर्षमा सबैभन्दा धेरैपटक दोहोर्‍याएको भनाइ हो।

प्रकाशित मिति: : 2021-08-02 13:52:00

प्रतिकृया दिनुहोस्