थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२५ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार १० हजार ६१३ पिसिआर परीक्षण गर्दा २ हजार २७९ जना र एन्टिजेन विधिबाट ३ हजार १९८ परीक्षण गर्दा ८४६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ९२५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

त्यसैगरी आज २३ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८९८ पुगेको छ। 

प्रकाशित मिति: : 2021-08-02 17:04:00

प्रतिकृया दिनुहोस्