चट्याङ लागेर बालकको मृत्यु

Symbolic photo
Symbolic photo

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै पानी भर्न गएका एक अर्का बालिका  भने सकुशुल रहेका छन्। घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: : 2021-08-03 12:14:00

प्रतिकृया दिनुहोस्