३३८३ जना कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

नेपालमा गएको २४ घन्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टा १६ हजार ७१८ जनामा परीक्षण गर्दा ३ हजार ३८३ जनामा सङ्क्रमण देखिएको हो।

यस्तै गत २४ घण्टामा १ हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ६ लाख ६० हजार ११६ जना सङ्क्रमणबाट मुक्त भएका छन्।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ। आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ९ हजार ९२२ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2021-08-03 17:53:00

प्रतिकृया दिनुहोस्