९९ करोड लागतमा ५० करोड रुपैयाँका सिक्का

अनलाइनखबर

काठमाडौँ

 स्टिल र निकेल धातु मिसावटबाट टिलिक्क टल्किएको एक र दुई रुपैयाँको नेपाली सिक्का नियाल्दा जो कसैलाई लाग्न सक्छ, मुद्राको विकास कसरी भयो होला ? मुद्राको पहिलो डिजाइन कहिले र कसले गर्‍यो होला ? मूल्य कसरी निर्धारण भयो होला ?

नेपाली मुद्रा विकासको कालखण्ड खोतल्दा गर्व गर्न लायक इतिहास भेटिन्छ। इस्वी १५५०-७० को बीचमा नेपालमण्डलमा शासन गरेका महेन्द्र मल्लले जारी गरेको मुद्रा ‘महेन्द्र मल्ली’ नामले इतिहास प्रसिद्ध छ। उनकै पालामा नेपालमा मुद्रा छापेर तिब्बत पठाउन थालियो।

कुनै समय छिमेकी देशको लागि चाँदीको मुद्रा छापेर पठाउने नेपाल यो काममा २०६६ सालबाट पूर्ण रूपमा विदेश निर्भर भयो। स्टिल र निकेल धातुको मिश्रणबाट बन्ने चम्किलो एक र दुई रुपैयाँको सिक्का टकमारी गर्न अहिले नेपाल राष्ट्र बैंकले पोल्याण्ड र बेलायतका कम्पनीहरूलाई ठेक्का दिएको छ।

मुद्रा अवमूल्यनका कारण पछिल्लो समय एक र दुई रुपैयाँको सिक्का कम प्रयोग हुन थाले पनि अनुत्पादक काममा यसको खपत बढेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल बताउँछन्।

तुलादान (आफ्नो तौल बराबरको सिक्का दान) जस्तो अनुत्पादक प्रयोगमा सिक्का खपत बढेपछि सटहीमा कडाइ गरिएको उनले बताए। नेपालका अनुसार, अहिले तुलादान पछि सुपरमार्केटहरूमा सिक्का बढी चल्छ। सुपरमार्केटमा फिर्ताको रूपमा ग्राहकले पाउने सिक्काहरू पुनः बजारमा ‘सर्कुलेट’ हुने वा राष्ट्र बैंक पुग्ने सम्भावना कमै हुन्छ।

प्रकाशित मिति: : 2021-08-04 09:04:00

प्रतिकृया दिनुहोस्