आफैं प्रश्न बनाउने, आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव रिमाल शिक्षक सेवा आयोगमा नियुक्त

अनलाइनखबर

काठमाडौं

परीक्षामा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकाशप्राप्त सहसचिव डा. डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गत पुसमा भएको सिफारिशलाई गत मंगलबारको मन्त्रिपरिषद बैठकले कार्यान्वयन गरेको हो ।

परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते कारवाहीका लागि पत्राचार गर्ने निर्णय गरेको थियो । अख्तियारले त्यतिबेला शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नू भनी पत्राचार गरेको थियो । 

आफैंले भ्याए सबैथोक

शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०६१/६१ सालमा माध्यम तहका शिक्षकहरुको विज्ञापन खोलेको थियो । त्यसैको परीक्षाका लागि लेखाको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षण लगायतका सबै काममा तत्कालीन उपसचिव डिल्लीराम रिमाल संलग्न भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो, अनि छानबिन शुरु भयो ।

प्रकाशित मिति: : 2021-08-05 08:30:00

प्रतिकृया दिनुहोस्