थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १५ हजार ६७५ नमुना परीक्षण गर्दा ३ हजार ७२९ जनामा सङ्क्रमण देखिएको हो।

यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ हजार ८८५ जना छन्। अहिलेसम्म सङ्क्रमणबाट निको हुने ६ लाख ६५ हजार ५४८ पुगेका छन्।

यस्तै विगत २४ घण्टामा २५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ जना पुगेको मन्त्रालयले बताएको छ। सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन्। 

प्रकाशित मिति: : 2021-08-06 17:34:00

प्रतिकृया दिनुहोस्