रेखा जोशी : देउडा गीतमा जमेकी गायिका

अनलाइनखबर

सुशील नेपाल

‘नमस्कार, यो हो रेडियो कञ्चनपुर। कार्यक्रम लोक झञ्कार। म हुँ रेखा जोशी…।’

कञ्चनपुरको महेन्द्रनगरबाट यसरी थालनी भएथ्यो उनको व्यवसायिक यात्रा। उनले सोचेकी पनि थिइनन्- कुनैबेला रेडियोमा काम गर्छु। यो पनि सोचेकी थिइनन्- कुनै दिन गायिका नै बन्नेछु।

पढाइ राम्रो थियो। व्यवस्थापन संकायबाट ‘प्लस टु’ सकेपछि बैंकमा जागिर खाने सोचमा थिइन्। तर, परिस्थिति यस्तो बनिदियो कि उनी नसोचेको ठाउँमा खुट्टा टेक्न पुगिन् र त्यहींबाट चहकिलो चिनारी बनाइन्। त्यो क्षेत्र थियो- देउडा गायन, जुन उनको परम्परावादी ब्राहृमण घरपरिवारका लागि राम्रो पेशा थिएन।

सुदूरपश्चिमको विशिष्ट मौलिक भाका हो, देउडा। खस सभ्यतासँगै यसको शुरुआत भएको मानिन्छ। यो मेलापर्व, उत्सव, भोजभतेरमा नाच्दै गाइने गीत हो। उहिले बैंसालुहरूले देउडा गाएरै सवाल-जवाफ र प्रेमदेखि घरजमसम्म गर्थे रे !

प्रकाशित मिति: : 2021-08-07 08:55:00

प्रतिकृया दिनुहोस्