वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण

File photo
File photo

वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका  छ। कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो। 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नागरिकलाई क्वारेन्टिनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले होल्डिङ सेन्टर निर्माण जारी रहेको जानकारी दिए। 

वीरगञ्ज श्रीपुरस्थित  चण्डीप्रसाद गणकोे व्यस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्शन ललितपुरले लिएको छ।

क्वारेन्टिनमा बस्नका लागि ५० अट्ने गरी २० हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन छन् । विगतमा विद्यालय एवं कलेजलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो। 

प्रकाशित मिति: : 2021-08-07 16:20:00

प्रतिकृया दिनुहोस्