‘डायरीमा नोट गर्नुस् ओली सुध्रिदैनन् : उनी निरन्तर गालीका गोला बारुद पड्काइरहेका छन्, हामी म्याउँम्याउँ गरिरहेका छौँ’

पहिलोपोष्ट

काठमाडौं
Breaknlinks
Breaknlinks

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका दिइएको बताएका छन्। तर, ओली सुध्रिएर आउनेमा आफूलाई कुनै पनि आश नरहेको पनि नेपालले बताए।

दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले  सदस्यता वितरण रोके, आइतबारका लागि बोलाइएको बैठक स्थगित गरेमा वार्ताको प्रक्रिया अघि बढ्ने पनि बताए। तर, ओलीले दुबै गतिविधि नरोक्नेमा आफू विश्वस्त रहेको पनि उनको दाबी छ।

‘हामीले अन्तिम मौका दिएका छौँ। उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ वा हुन्न। पार्टी सदस्यता वितरणको काम रोक्नुहुन्छ वा हुन्न। वडा तहसम्मको अधिवेशन रोक्नुहुन्छ वा हुन्न। गाली गलौजको गोला बारुद बन्द हुन्छ कि हुँदैन।

त्यसबाट उहाँ के चाहनुहुन्छ प्रस्ट हुन्छ। म त यसमा कुनै भ्रम छैन। दुविधा छैन। केपी ओली सुध्रिन्छन् भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरु आजको डायरीमा नोट गरेर राख्नुस्।

सुध्रिहाले म ठान्नेछु मैले अली आग्रह पालेको रहेछु कि भन्ने ठानौँला,’नेपालले भने, ‘यदि सुध्रिनुभएन भने गर्ने के त हामी? त्यहाँ गएर फस्ने चिच्याउने? कराउने? टाउकोमा हात राखेर बस्ने? यो मञ्जुर छैन। यसैले सम्मानजनक एकता हामीले खोजेको हो। सम्मानजनक एकताका लागि केपी ओली तयार छन् त? आज पनि मैले राम्रो लक्षण पाएको छैन।’

प्रकाशित मिति: : 2021-08-08 07:18:00

प्रतिकृया दिनुहोस्