थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्‍यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ६५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा १६ हजार ५९४ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ६५१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप १ हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन्। यससँगै नेपालमा ६ लाख ७१ हजार ८३ जनाले कोरोनालाई जितेका छन्। 

प्रकाशित मिति: : 2021-08-09 17:55:00

प्रतिकृया दिनुहोस्