राष्ट्रिय सभाको बैठक आज बस्दैछ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ११ बजे बस्न लागेको हो।
त्यस्तै प्रतिनिधिसभाको बैठक पनि आजै बस्ने भएको छ। उक्त बैठक पनि संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक-२०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक-२०७६ काे विषयमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गर्ने कार्यसूची छ।