‘गरिबलाई त सरकारले पनि हेप्दो रहेछ’

रातोपाटी

काठमाडाैं

बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी।

अर्कोतर्फ आगोको राप। घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा हुँदा पानीले। हत्केला कलेटी परिरहेका हुन्छन्, मुहारमा कोइला र खरानीको दाग। बेचैन शरीरले यिनै अवस्थासँग लडिबुडी नगरी सुखै छैन।

उमेरले ४९ वर्ष पुगेकी वीरेन्द्रनगर–३, तातापानीकी सीता विकको दैनिकी यसैगरी बित्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार केन्द्र एरिचोक यहाँका राजनीतिक दलका नेता कार्यकर्ताहरुको बस्ने अड्डा पनि हो। त्यहीँको सडक पेटीमा छाता टाँगेर मकै पोलेर गुजारा गर्ने मध्येकी एक हुन् सीता।

हरेक आमा—बुबालाई छोराछोरी ठुलो होलान्, आमा–बुबालाई खुसी देलान् भन्ने आश हुन्छ। तर, तीन छोरी र एक छोराकी आमा सीतालाई यी कुराहरु निरर्थक लाग्छन्। उनका तीनवटै छोरीको बिहे भइसक्यो। छोरा पनि बिहे गरेर अलग बस्छ। छोरा–बुहारीबाट कुनै आशा छैन उनलाई।

प्रकाशित मिति: : 2021-08-11 07:37:00

प्रतिकृया दिनुहोस्