थपिए ३ हजार ४८१ जना कोरोना संक्रमित, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७५ हजार ८३ पुगेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको निधन भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १८० पुगेको छ । 

प्रकाशित मिति: : 2021-08-11 16:43:00

प्रतिकृया दिनुहोस्