रियलकाे विजयी सुरूवात

Photo:AFP
Photo:AFP

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेर रियल सुखद सुरुवात गरेको हो।

रियलका लागि करिम बेन्जिमाले खेलको ४८ र ६२ औं मिनेटमा गरी दुई गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा नाचोले रियलका लागि अर्को गोल गरेका थिए।

रियलका लगि भिनिसियस जुनियरले दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरेका थिए। जितसँगै रियलले सिजनको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2021-08-15 08:47:00

प्रतिकृया दिनुहोस्