कांग्रेसको निम्ति चुनौतीपूर्ण अध्यादेशको भारी

अनलाइनखबर

काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् आफैंलाई ‘च्यालेन्ज’ गरेर सभापतिको तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिलाई सभापति हुनबाट रोक्न चाहन्छन् !

सभापतिकै अर्का प्रत्यासी रामचन्द्र पौडेलको ‘अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले धोका दिएको भन्दै दुखाएको चित्त’ फर्किएको छैन ! त्यसो त, राजनीतिक रूपमा प्रखरता, रणनीति र रचनात्मकता भएर पनि घेरा फराकिलो बनाउन नसकेकै कारण सिटौलाले पार्टीमा ‘साख’ आर्जन गर्न सकेनन् !

कांग्रेसको सैद्धान्तिक पुनर्जीवन हालका सभापति देउवाबाट सम्भवै नभएकाले स्वयम् कांग्रेसकै पुनर्जीवनका निम्ति देउवाको विकल्प बेगर कांग्रेस तङ्गि्रनै नसक्ने आदि विश्लेषण र बुझाइ कांग्रेस निकट बुद्धिजीवीहरूको छ।

नेता देउवा, पौडेल र सिटौलाका बारेको यो बुझाइ र टिप्पणीलाई नै सही मान्ने हो भने कांग्रेसको वैचारिक द्विविधा चिर्नका लागि पनि ‘बौद्धिक र सफा छवि’ का नेताको खोजी १४औं महाधिवेशनमा कांग्रेसजनले गर्नै पर्दछ ।

प्रकाशित मिति: : 2021-08-19 08:15:00

प्रतिकृया दिनुहोस्