स्विट्जरल्यान्डका मिडफिल्डर जद्रान शाकिरी फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन्।
लियोनले उनलाई लिभरपुलबाट अनुबन्धित गरेको हो। शाकिरी तीन वर्षसम्म लियोनमै रहनेछन्।
शाकिरी यसअघि लिभरपुलका लागि ६३ खेलमा आठ गोल गरेका छन्। उनले युरोकप २०२० मा पनि ५ खेलमा ३ गोल गरेका थिए।