ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण

File photo
File photo

ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतिस्पर्धा सकेर  बेलायत पुगेको केही सातामै उनले काेराेन संक्रमण भएकाे हाे।

उनी आइसोलेसनमा बसेकी छन्। 'भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,' लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन्।

प्रकाशित मिति: : 2021-08-25 16:57:00

प्रतिकृया दिनुहोस्