‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज’द्वारा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

शैक्षिक परामर्श संस्था ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज’ प्रा.लि.ले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

संस्थाले आफ्नो च्यारेटी संस्था फाउन्डेसनमार्फत बुधबार सुर्यविनायकको चित्तापाेल चोकस्थित स्वास्थ्य चौकीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेकोे हो।

संस्थाले उक्त स्वास्थ्य चौकीलाई एउटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएकाे संस्थाका वरिष्ठ सदस्य तथा फाउन्डेसनका निवर्तमान अध्यक्ष देवीप्रसाद लम्सालले जानकारी दिए।

कोरोना महामारीको समयमा अक्सिजनको अभावले संक्रमितको ज्यान जाने अवस्था नआओस् भनेर अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको लम्सालले बताए।

उक्त संस्थाले नेपालका विभिन्न स्वास्थ्य चौकी तथा अस्पताललाई हस्तान्तरण गर्दै आएको छ। सोही अनुसार चित्तापाेल चोकस्थित स्वास्थ्य चौकीलाई एक कार्यक्रमकाबीच उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो।

प्रकाशित मिति: : 2021-08-25 20:13:00

प्रतिकृया दिनुहोस्