भीम आचार्यका भाई मृत अवस्थामा फेला

Symbolic photo
Symbolic photo

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी तीब्र बनाइरहेका बेला एमाले नेता भीम आचार्यको परिवारमा भने शोक थपिएको छ।

नेता आचार्यका सहोदर भाई राम आचार्यलाई आज निज निवासमै मृत अवस्थामा फेला परेको हो। सुनसरीको इनरुवा–३ महेन्द्रचोक निवासी ५६ वर्षीय आचार्य मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

‘घटनास्थलमा प्रहरी टोली पुगेको छ,’ सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले भने, ‘थप अनुसन्धान हुँदैछ।’

प्रकाशित मिति: : 2021-08-26 12:14:00

प्रतिकृया दिनुहोस्