‘मधेशमा नेता छन्, नेतृत्व छैन’

हिमाल खबर

वीरेन्द्र रमण

२०६२/०६३ को जनआन्दोलनका वेला गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल लगायतका नेताहरूसँग काँधमा काँध मिलाउँदै हिंडे- नेपाल सद्भावना पार्टी (आनन्दी देवी)का कार्यवाहक अध्यक्ष भरतविमल यादव। २०६३ वैशाखमा ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्धको जनआन्दोलनमा दिनहुँजसो सडकमा देखिने उनी यति वेला सक्रिय राजनीतिमा छैनन्।

२०७० सालमा उपेन्द्र यादवको पार्टीबाट शुरू गर्न लागेको राजनीतिको ‘दोस्रो इनिङ्स’ पनि सफल हुन सकेन। २०४६ सालको परिवर्तनपछि सरकारी जागीर छाडेर राजनीतिमा होमिएका यादव राजनीतिबाट किन टाढिए? मधेशवादी दलहरूबारे उनको दृष्टिकोण के छ? यिनै प्रश्नको सेरोफेरोमा रहेर हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको कुराकानीको सम्पादित अंशः

२०६२/६३ को आन्दोलनका वेला निकै चर्चित हुनुुहुन्थ्यो। अहिले राजनीतिबाट टाढिनुको कारण के हो?

त्यति वेला म नेपाल सद्‌भावना पार्टी (आनन्दी देवी)को कार्यवाहक अध्यक्ष थिएँ। शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री नियुक्त गरेपछि नेकपा (एमाले) पनि आधा प्रतिगमन सच्चियो भनेर सरकारमा गयो। ममाथि पनि सरकारमा जान देशभित्र र बाहिरबाट दबाब आए, तर म आन्दोलन छाडेर सत्तामा गइनँ।

 

प्रकाशित मिति: : 2021-08-29 20:09:00

प्रतिकृया दिनुहोस्