भारतमा मिर्गौला प्रत्यारोपण गरेर फर्किए झलनाथ खनाल

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेरसोमबार सोमबार स्वदेश फर्किएका छन्।

भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन्।

खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन्। 

प्रकाशित मिति: : 2021-08-30 16:59:00

प्रतिकृया दिनुहोस्