फोहोरको दुर्गन्धमा डुब्यो राजधानी, चोक–चोकमा फोहोर थुप्रिँदा व्यस्त बजारका व्यापारसमेत प्रभावित (भिडियाेसहित)

नयाँ बानेश्वरको ‘इफिलिक्स’ मलको ठीकअगाडि सीता गौतमको कम्मेटिक पसल छ। विगतमा ग्राहकको भीड लाग्ने उनको पसलमा अहिले त्यहाँ आउने मानिस एकछिन पनि अडिन सक्दैन। पसलअगाडि केही सातादेखि थुप्रिएको फोहोरको दुर्गन्ध फैलिएपछि पसलमा ग्राहक आउनै छाडेका छन्।

अनामनगरको रमेश घिमिरेको किरान पसलअगाडि पनि त्यस्तै फोहोरको डङ्गुर छ। स्थानीयले फालेको फोहोरले दुर्गन्ध फैलिएको छ। पसल अगाडि नै फोहोरको डंगुर थुप्रिएपछि हत्तपत्त पसलमा मान्छे आउँदैनन्, तर्किएर जान्छन्। केही मानिस आए पनि नाक खुम्च्याउनुपर्ने अवस्था छ। पसलअगाडि फोहोर थुप्रिएकै कारण उनको पनि व्यापार घटेको छ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाले तीन सातादेखि फोहोर उठाएको छैन। स्थानीयले उनको पसलअगाडि ल्याएर फालेको फोहोरको दुर्गन्ध फैलिँदा पसलामा मान्छे नै आउन छाडेका छन्। पसल अगाडि फोहोर थुप्रिएकै कारण अहिले उनको व्यापार घटेको छ। फोहोर व्यावस्थापन नभएकै कारण उनी समस्यामा परेकी छिन्।

यी दुई त प्रतिनिधिमुलक घटना मात्रै हुन्। काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि राजधानीका अधिकांश मानिसले यस्तै भोग्नुपरेको छ। फोहोर व्यवास्थापन गर्दै आएको ठाउँ नुवाकोटको सिसडोल जाने बाटो बिग्रिएर र फोहोर फाल्ने ठाउँ आसपासका नागरिकले अवरोध गरेका कारण अहिले फोहोर व्यवास्थापनमा समस्या आएको महानगरपालिकाले बताएको छ।

काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले वर्षात्का कारण सिसडोल जाने बाटोमा समस्या आएकोको बताए। उनका अनुसार, फोहोर बोक्ने ट्रक जान नसकेका कारण फाहोर उठाउन नसकिएको हो।

‘दुई दशकदेखि फोहोर फालिँदै आएको सिसडोल क्षेत्र भरिएको छ, फोहोरमाथिबाट ट्रकहरु चल्नुपर्छ,’ श्रेष्ठले भने, ‘वर्षाका कारण फाहोरमाथि गाडी चल्नसक्ने अवस्था छैन, त्यसैले फोहोर उठाउन नसकिएको हो।’

श्रेष्ठका अनुसार, काठमाडौं उपत्यकाबाट दैनिक डेढ सय वटा ट्रक फोहोर बोकेर सोही स्थानमा जानुपर्ने हुन्छ। सिसडोल क्षेत्र फोहोरले भरिएका कारण त्यहाँ गाडी चल्न सक्ने अवस्था छैन। त्यसमा पनि करिब दुई किलोमिटर बाटो फोहोरमाथि बाटा हिड्नु पर्ने बाध्यता रहेको छ।

उपत्यकाका घर–घरमा फोहोर लिनका लागि महानगरपालिका पुग्द सक्दैन। धेरै जसो मानिसले आफ्नो घरको फोहोर नजिकैको सडक छेउमा ल्याएर जम्मा गर्छन् तर त्यो फोहोर तीन सातादेखि नउठ्दा दुर्गन्ध फैलिएको छ। महानगरले केही दिनदेखि फोहोर घरमै व्यवस्थापन गर्न भने पनि ठूलो जनसङ्ख्या रहेको उपत्यकामा त्यो सहज छैन। त्यसमाथि चेतनाको पनि कमी देखिन्छ। जसका कारण स्थानीय सडकछेउमै फोहोर फाल्न बाध्य हुन्छन्। स्थानीयले जथाभावी सडकमा छेउमा फोहोर फालेका तर महानगरपालिकाले व्यवस्थापन गरेको भन्दै सीता गौतम आक्रोसि बनेकी छिन्।

‘केही दिनदेखि यहाँको फोहोरको उठेको छैन, मानिसले पनि अरुको पसल अगाडि ल्याएर फोहोर फाल्छन्’, गौतमले भनिन्,‘नगरपालिकाले कर मात्रै उठाउन जानेको छ, काम गर्दैन।’

काठमाडौं उपत्याकामा यसरी लामो समयसम्म फोहोर नउठेर दुर्गन्ध फैलिएको यो पहिलो पटक भने होइन्। विगतमा पनि महानगरले लामो समयसम्म फोहोर व्यवास्थापन गर्न नसक्दा आलोचित बन्दै आएको छ। यसपटक पनि महानगरले आलोचनासँगै स्थानीयको विरोधको समेत सामाना गर्नुपरेको छ।

लामो समयदेखि फोहोर नउठेपछि युथ कांग्रेस नेपालले महानगरपालिकाको प्रवेशद्वारअगाडि फोहोर फालेर विरोध जनायो। उनीहरुले ‘मेयरलाई फोहोर उपहार’ समेत लेखेका पोस्टर समेत प्रर्दशन गरेको थिए। समयमा फोहोर नउठेपछि काठकाडौंका स्थानीले महागनरपालिकाको विरोध गर्दै आएका छन्। 

महानगरपालिकाले भने आफ्नो कारणले मात्रै फोहोर व्यवास्थापनमा समस्या उत्पन्न नभएको दावी गर्दै आएको छ। करिब १६ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल क्षेत्र भरिएको र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको काम नसकिएका कारण यस्तो समस्यामा पर्नुपरेको महानगरको दाबी छ।

‘हाम्रो काम भनेको फोहोर उठाएर फाल्ने मात्रै हो, व्यवास्थानको लागि ल्याण्डफिल्ड बनाउने काम शहरी विकास मन्त्रालयको हो। मन्त्रालयले सिस्डोल फिल्डफिल्ड बनाउन ढिला गर्दा यस्तो समस्या भएको हो’ अध्यक्ष श्रेष्ठले भने,‘यहाँ गलत हामी देखिए पनि शहरी विकास मन्त्रालयको कम्जोरीले यस्तो अवस्था आएको हो।’

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको काम सकिएर फोहोर फाल्न मिल्ने अवस्था आउला भनेर आफूहरु त्यहीअनुसारको तयारीमा रहेको तर समयमा काम नसकिएपछि समस्या भएको उनले बताए।

सिसडोलनजिकको एक चौरमा केही दिनको लागि फोहोर जम्मा गर्ने व्यवस्था मिलाएकोले बुधबारदेखि फोहोर उठाउन सुरु गर्ने बताएका छन्। महानगरपालिकाले यस्तो तयारी गरे पनि स्थानीयले भने यसका अवरोध गर्ने धम्की दिएका छन्।

प्रकाशित मिति: : 2021-08-31 19:43:00

प्रतिकृया दिनुहोस्