नेपाल–भारत मैत्रीपूर्ण फूटबल: राेमाञ्चक खेलका उत्कृष्ट फाेटाेहरू

All Photo: newskarkhana.com
All Photo: newskarkhana.com

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबाल बराबरीमा टुंगिएकाे छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएकाे खेलमा नेपाल र भारतबीचकाे खेल १–१ काे बराबरीमा टुंगिएकाे हाे। 

नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे।  खेलमा अग्रता भने नेपालले बनायो। नेपालका अन्जन बिष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।

भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम  र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्। 

दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्‍याए। भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन्। 

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। 

 

 

 

प्रकाशित मिति: : 2021-09-02 21:42:00

प्रतिकृया दिनुहोस्