क्रोएसियाका पूर्व फरवार्ड मारियो मान्जुकिचले फुटबलबाट सन्यास घोषणा लिएका छन्।
३५ वर्षीय मान्जुकिचले शुक्रबार फुटबलबाट सन्यासकाे घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत मान्जुकिचले फुटबलबाट सन्यास लिएकाे जानकारी गराए।मान्जुकिचले पछिल्लो सिजन एसी मिलानबाट खेलेका थिए।
त्यस बाहेक १७ वर्षे फुटबल खेल जीवनमा मान्जुकिचले युभेन्ट्स, बायर्न म्युनिख, उल्फवर्ग, एट्लेटिको मड्रिड,डिनामो जाग्रेबलगायतका क्लबबाट खेलिसकेका छन्।