फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा सर्बियाले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा सर्बियाले लक्समवर्गलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे। लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काएका थिए।
जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ। लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।