गुम्बाकाे पूजामा झडप, गम्भीर घाइते महिला जनप्रतिनिधिलाई हेलिकप्टरबाट काठमाडाैँ लगियाे

डाेल्पाकाे छार्काताङसोङ गाउँपालिका वडा नं. ४ कागकोटमा दुई समूहबीच झडप हुँदा एक महिला गम्भीर घाइते भएकी छिन्। त्यहाँकाे एउटा गुम्बामा पूजा क्रममा झडप हुँदा गाउँ कार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर गम्भीर घाइते भएकी हुन्। 

गुम्बामा एक समूहले पहिला पूजा गरेका भन्दै अर्को समूह आक्राेशित भएर भिडन्तमा उत्रिएको थियो। त्यसपछि भएको झडपमा जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

टाउकोमा चोट लागेर गम्भीर घाइते पेमाछुजुङ रोकायालाई फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याई उपचार गराए पनि टाउकोमा गम्भीर चोट भएकोले काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।

घाइते चार जनामध्ये एकको अवस्था गम्भीर भए पनि  तीन जनाको अवस्था सामान्य भएकाले जिलला अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-05 14:11:00

प्रतिकृया दिनुहोस्