नेपाल-भारत दोस्रो मैत्रीपूर्ण खेल: पहिलो हाफमा गोलरहित बराबरी

Photo : Newskarkhana
Photo : Newskarkhana

दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो। दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए।

खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन्।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए। 

नेपाली टिम 
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी, 
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान 
स्ट्राइकर : नवयुग श्रेष्ठ 

प्रकाशित मिति: : 2021-09-05 18:26:00

प्रतिकृया दिनुहोस्