फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरामाथि फराकिलाे जित निकालेकाे छ।
आइतबार राति भएको खेलमा एन्डोरालाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले जित निकालेकाे हाे। इंग्ल्यान्डलाई जित दिलाउन जेसे लिंगार्डले दुई गोल गरे। कप्तान ह्यारी केन र बुकायो साकाले पनि एकएक गोल गरे।
यस जितसँगै इंग्ल्यान्डले छनोटमा लगातार पाँचौं जित निकालेको छ। समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडेको छ।
एन्डोरा पनि ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।