नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन्। प्रशिक्षक अल्मुताइरी साेमबार कतार प्रस्थान गरेको एन्फाले जनाएको छ।
साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ। जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन्।
नेपाली टिम भने भदौ २५ गते मात्र दोहा प्रस्थान गर्नेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशीप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदैछ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्दैछ। त्यस्तै नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।