हेलिकप्टर नै चार्टर गरेर डाेल्पा पुगे मन्त्री बुढा, एकैचाेटी ४१ जना माधव नेपालकाे पार्टीमा

हिमाली जिल्ला डोल्पामा एमाले छोडेर ४१ जनाले एकीकृत समाजवादीमा हस्ताक्षर गरेका छन्।

नेकपा एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्।

कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका थिए।

एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठुलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन्। ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ८ वटा वडाध्यक्ष, ४ जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य, महिला सदस्य ७ जना दलित, महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरि जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राइले  जानकारी दिए।

जनप्रतिनिधि र कार्यकर्ताहरु हस्ताक्षरकालागि नारा-जुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए। नेकपा एमालेका नेतृत्वले धोका दिएकोले सामाजjfदी रोज्नु परेको ठुलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।

जिल्ला निर्वाचन कार्यालयमा समाजjfदीमा हस्ताक्षर गर्नेमा ठुलिभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका ३ जना, मुड्केचुला गाउँपालिकाका एक जना र त्रिपूरासुन्दरी नगरपालिकाका एक जना रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बढिरहेकाले निर्वाचन आयाेगकाे समयसीमा २२ गतेसम्म जनप्रतिनिधिहरु थप हुनेमा विश्वस्त रहेको मन्त्री बुढाकाे दाबी छ।

अहिले पनि जिल्लामा ठूलो पार्टी एकीकृत समाजवादीनै भएको दाबी गर्दै कार्यालय स्थापनासँगै संगठन विस्तार तीब्र रुपमा अघि बढ्ने मन्त्री बुढाले बताए।

मौसम बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलिकप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन्। नेकपा एमाले डाेल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंश बहादुर शाही र डाेल्पाली राजनीतिका 'स्ट्राइकर' रुपमा रहेका धनबहादुर बुढासमेत एकीकृत पार्टीमा रहेकोले समाजवादी नै ठूलो पार्टी रहेको नेता तथा कार्यकर्ताकाे दाबी छ।

प्रकाशित मिति: : 2021-09-06 19:46:00

प्रतिकृया दिनुहोस्