ग्रिजम्यानको गोलमा फ्रान्सकाे जित

Photo : SBSsports
Photo : SBSsports

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो।  फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे। उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए।

यस्तै राति नै भएको समूह 'डी'को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २-२ गोलको बराबरी खेले।

समूह 'डि'मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ। समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छन्। 

प्रकाशित मिति: : 2021-09-08 07:27:00

प्रतिकृया दिनुहोस्