पछिल्लाे २४ घण्टामा १२७१ जनामा कोरोना संक्रमण, १४ जनाको निधन

File Photo
File Photo

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४४ जनामा परीक्षण गर्दा एक हजार दुई सय ७१ जनामा संक्रमण देखिएको हो। 

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना  छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन्।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। बिहीबार अपरान्हसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९४ दशमलब ९ प्रतिशत रहेको छ। 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। अहिलेसम्म १० हजार नौ सय तीन जनाको संक्रमणबाट मृत्यु भएको छ। नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ। 

यस्तै, चार सय ५८ जना सघन उपचार कक्ष (आईसीयू), १३९ जना भेन्टिलेटर, २६ हजार आठ सय ८६  जना होम आइसोलेसन, एक हजार सात सय ९२ जना संस्थागत आइसोलेसन र दुई सय ६१ जना क्वारेन्टिनमा  छन्। 

प्रकाशित मिति: : 2021-09-09 18:00:00

प्रतिकृया दिनुहोस्